शेषमतीको सहकारीबाट १ लाख ३७ हजार चोरी

लोकपथ
0
Shares

काठमाडौं । शेषमती सानोपुलको सहकारीबाट १ लाख ३७ हजार चोरी भएको छ ।

तारकेश्वर नगरपालिका-४ शेषमती सानोपुल नजिक रहेको खुसीयाली बचत तथा ऋण सहकारी संस्थाबाट कोही नभएको अवस्थामा उक्त संस्थाको ढोकाको ताला फुटाएर नगद १ लाख ३७ हजार ९ सय रुपैयाँ बुधवार राति चोरी भएको छ ।

चोरीमा संलग्न फरार व्यक्तिहरूको खोजी गर्नुका साथै यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?