गैँडाको आक्रमणबाट एक महिलाको मृत्यु

लोकपथ
0
Shares

काठमाडौं । नवलपरासी पूर्वमा गैँडाको आक्रमणबाट एक महिलाको मृत्यु भएको छ ।

मध्यविन्दु नगरपालिका-१२ नयाँबेलहानी बस्ने ४४ वर्षीया फविसरा विकको गैँडाको आक्रमणबाट बिहीवार बिहान मृत्यु भएको छ । खेतमा घाँस काट्ने क्रममा गैँडाले आक्रमण गर्दा उनको मृत्यु भएको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?