मामाघर गएका भान्जाको डुबेर मृत्यु

लोकपथ
0
Shares

काठमाडौं । धनुषामा खाल्डोको पानीमा डुबेर एक जनाको मृत्यु भएको छ । जनकपुर उपमहानगरपालिका-२३ लादोबेलास्थित घर अगाडि रहेको खाल्डोको पानीमा डुबेर सर्लाही हरिपूर्वा नगरपालिका अली अन्सारीको १ वर्षीय छोरा मासुम अन्सारीको बिहीवार बिहान मृत्यु भएको छ ।

मावली घरमा आएको अवस्थामा पानीको खाल्डोमा डुबेर अशक्त भएका उनको उपचारको लागि प्रादेशिक अस्पताल जनकपुरमा लैजानेक्रममा बाटोमै मृत्यु भएको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?