डिश होमले मेयर कपको प्रत्यक्ष प्रशारण गर्ने

लोकपथ
0
Shares

काठमाडौं । राष्ट्रिय खेलकुद परिषदको कार्यक्रम अनुसार नेपाल क्रिकेट संघ (क्यान)  द्धारा आयोजीत मेयर कप पुरुष (एक दिवसिय) २०७७ डिश होमले प्रत्यक्ष प्रशारण गर्न भएको छ ।

काठमाडौंको किर्तिपुर तथा मुलपानी मैदानमा फागुन २२ बाट शुरु हुने मेयर कप पुरुष (एक दिवसिय) २०७७ मा तीन विभागीय टोली, प्रदेश-१ बागमती टोलि र काठमाडौं महानगरपालिका टोलीले उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन ।

फागुन २९ गते सम्म चल्ने प्रतियोगितामा प्रदेश-१, बागमती प्रदेश, ३ विभागिय टोली र १ काठमाडौं महानगरपालिका गरि सहभागी ५ टाली रहेको छ ।

दुबै प्रतियोगिता डिश मिडिया नेटवर्कको एक्सन स्पोर्टस् एचडी तथा एसडी च्यानल ले प्रत्यक्ष प्रशारण गर्नेछ ।

यसअघि दाङमा भएको प्रधानमन्त्री कप महिला प्रतियोगिता र काठमाडौंको किर्तिपुर तथा मुलपानी मैदानमा को पनि प्रत्यक्ष प्रसारण गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?