पाकिस्तान सुपर लिग स्थगित

लोकपथ
0
Shares

काठमाडौं । पाकिस्तान सुपर लिग (पीएसएल) टी-ट्वान्टी क्रिकेट प्रतियोगिता स्थगित भएको छ । पाकिस्तान क्रिकेट बोर्डले बिहीवार लाहोर र कराँचीमा जारी पीएसएल अनिश्चितकालका लागि स्थगित गरिएको जनाएको छ ।

कोरोना भाईरसको कारण जारी प्रतियोगिता स्थगित गरिएको हो ।

सहभागि टिमसँगको छलफलपछि खेलाडी र लिगमा सहभागीको स्वास्थ्यलाई ध्यानमा राख्दै लिग स्थगित गरिएको बोर्डले जनाएको छ ।

पछिल्लो समय खेलाडी र स्टाफमा कोरोना भाईरसको संक्रमण देखिन थालेपछि प्रतियोगिता स्थगित गरिएको हो । यस सिजनको लागि नेपालका लेग स्पिनर सन्दीप लामिछाने पनि कराँची पुगेका थिए ।

सन्दीपले लाहोर क्वालन्डर्सबाट पीएसएल खेल्ने तय थियो । लाहोरले सन्दीपलाई राशिद खानको स्थानमा अनुबन्ध गरेको हो ।

  • एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?