२०७७, २० फाल्गुन बिहीवार १६:११

नेपालमा थप १ सय ७ जनामा कोरोना संक्रमण पुष्टि, ज्यान गुमाउनेको संख्या शुन्य


प्रकाशित मिति : २०७७, २० फाल्गुन बिहीवार १६:११

काठमाडौं । नेपालमा बितेको २४ घण्टामा थप १ सय ७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले दिएको कोरोना सम्बन्धी राष्ट्रिय अद्यावधिक विवरण अनुसार नेपालमा हालसम्म २१ लाख ७९ हजार ४७ वटा नमुना परीक्षण भएको छ ।

यससँगै नेपालमा कोरोनाभाइरसबाट संक्रमितको कूल सङ्ख्या २ लाख ७४ हजार चार सय ८८ पुगेको छ ।

त्यस्तै पछिल्लो २४ घण्टामा थप ७८ जना कोरोना संक्रमण मुक्त भएका छन् । २ लाख ७० हजार ६ सय ८३ जना कोरोना संक्रमण मुक्त भएका छन् ।

पछिल्लो २४ घण्टामा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या शुन्य रहेको छ । हाल सम्म नेपालमा ३ हजार १० जनाले कोरोनाका कारण ज्यान गुमाएका छन् ।

प्रतिक्रिया दिनुहोस