सरकार र विप्लवको वार्तापछि बाबुराम भट्टराईको यस्तो प्रतिक्रिया

लोकपथ
0
Shares

काठमाडौं । पूर्व प्रधानमन्त्री एवम् जनता समाजवादी पार्टी (जसपा) संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले सरकार र विप्लव नेकपाबीच भएको सम्झौता स्वागतयोग्य भएको प्रतिक्रिया जनाएका छन् ।

आज (बिहीवार) सरकार र नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीबीच ३ बुँदे सहमति भएपछि सामाजिक सञ्जाल ट्विटरमा लेख्दै डा. भट्टराईले सम्झौता स्वागतयोग्य भएको बताएका हुन् ।
डा. भट्टराईले सरकारले सांसद रेशम चौधरी लगायत राजबन्दीलाई समेत रिहा गर्नुपर्ने भन्दै सरकारसँग माग गरेका छन् । उनले अगाडी लेख्दै, ‘संक्रमणकालका समस्या राजनीतिक ढंगले मात्रै हल हुन्छन् है’ भन्दै सजग समेत गराएका छन् ।

उनले लेखेका छन, ‘सरकार र विप्लव समूहबीचको सम्झौता स्वागतयोग्य छ ! यसरीनै सरकारले सांसद रेशम चौधरी लगायत थारूविद्रोहका सबै राजवन्दीहरूलाई रिहाइ गरेर उनीहरूसंग सार्थक वार्ता गरोस् र उनीहरूका माग सम्वोधन गरोस् ! संक्रमणकालका समस्या राजनीतिक ढंगले मात्रै हल हुन्छन् है ! नत्र जो होचो उसको मुखमा घोचो हुनेछ !’

 

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?