महालक्ष्मी विकास बैंकद्वारा २७० विद्यार्थीलाई पोशाक वितरण

लोकपथ
0
Shares

काठमाडौं । महालक्ष्मी विकास बैंक लि. ले २७० जना बालबालिकाको लागि विद्यालय पोशाक वितरण गरेको छ । महालक्ष्मी विकास बैंकको भैरहवा शाखाले सिद्घार्थनगर न. पा.–४, दोगहरामा अवस्थित श्री दुर्गा माध्यामिक विद्यालयमा अध्यनरत २७० जना बालबालिकाको लागि विद्यालय पोशाक वितरण गरेको हो ।

सिद्घार्थनगर न.पा. वडा नं. ४ का अध्यक्ष श्री मुक्ति यादव र बैंकका सञ्चालक समितिका सदस्य श्री राहुल अग्रवालले अभिभावकहरुलाई पोशाक वितरण गरेका थिए । उक्त कार्यक्रममा विद्यालयका व्यवस्थापन समितीका पदाधिकारी, शिक्षक विद्यार्थी संघका पदाधिकारी, सम्पूर्ण शिक्षक, महालक्ष्मी बिकास बैंकका शाखा प्रबन्धक र कर्मचारी तथा विद्यालयका संरक्षकहरुको उपस्थिती रहेको थियो ।

बैंकले आगामी दिनहरुमा पनि संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत अझै प्रभावकारी कार्यक्रमहरु गर्दै जाने प्रतिबद्घता जनाएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?