कस्तो छ कांग्रेस नेता जोशीको स्वास्थ्य अवस्था ?

लोकपथ
0
Shares

काठमाडौं । नर्भिक अस्पतालमा उपचाररत नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं पूर्वमन्त्री नवीन्द्रराज जोशीको स्वास्थ्यमा क्रमिक रुपमा सुधार हुँदै गएको उपचारमा संलग्न चिकित्सकले बताएका छन् ।

नेता जोशीको स्वास्थ्यमा सुधार आएर सपोर्टविनै श्वासप्रश्वास गर्नसक्ने भएको उपचारमा संलग्न चिकित्सक डा. राजीव झाले बताएका हुन् ।
नेता जोशीलाई भेन्टिलेटर सर्पोटमा राखिँदै आएको थियो । श्‍वासप्रश्‍वास सामान्य बन्दै गएपछि भेन्टिलेटर हटाइएको हो । उनको अहिलेसम्म होस भने आएको छैन ।

जोशीलाई यही फागुन १४ गते राति मस्तिष्काघात भएर वीर अस्पताल पुर्‍याइएको र पछि उनलाइ चिकित्सकले नर्भिक अस्पताल रिफर गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?