भाषणका क्रममा वनमन्त्रीलाई ‘कन्फ्यूजन’, भिडियो क्लिप्स सामाजिक सञ्जालमा भाइरल !

काठमाडौं । नेपालका नेता, मन्त्री, राजनीतिकर्मीका शैक्षिक योग्यता र बौद्धिकतामा बेलाबखतमा प्रश्न उठिरहन्छ । अयोग्य व्यक्तिको हातमा आफूहरुको नेतृत्वको बागडोर रहेको भन्दै युवापुस्ता मुर्मुरिरहन्छन् । आक्रोशित हुन्छन् । अचाक्ली नै हुँदा जनताले पनि आवाज उठाइरहन्छन् । पछिल्लो समय लोकप्रिय र सबैको पहुँचमा भइरहने माध्यम सामाजिक सञ्जालका विभिन्न प्लेटफर्ममा त यस्ता कुराहरुलाई मज्जाले ‘ट्रोल’ बनाईन्छ ।

तर बढ्दो प्रविधी, ज्ञान भएका युवाजमातमा बढेको बितृष्णाबारे जानकार भएका वहालवाला मन्त्री आफ्ना भाषणमा थोरैपनि मेहनत गर्दैनन् । संयमता त परको कुरा उतिखेरै आक्रोश पोख्छन् । उतिखेरै तथानाम भन्छन्, गाली बेईज्जतीमा उत्रिनेदेखि, हातपात, अनुशासनहिनता, कालो कोट र ढाकाटोपीले छोपेको आफ्नो असली चरित्र देखाईहाल्छन् । अनि त के चाहियो ? यिनका यस्तै प्रवृत्तिले हैरान भएका युवाहरुले सामाजिक सञ्जालका विभिन्न प्लेटफर्ममा यस्ता अभिव्यक्ति ‘भाइरल’ बनाएर अप्रत्यक्ष किसिमको दबाब सिर्जना गर्छन् ।

सभा, समारोह वा भेलामा भाषण दिँदै गर्दा बोली चिप्लिएर होस् या अल्पज्ञानका कारण प्रश्नको उत्तर दिन असामर्थ्य रहेर नेपालमा मन्त्रीहरु बेलाबेला विवादमा आइरहन्छन् । हालै पनि यस्तै एउटा घटना भएको छ । वन तथा वातावरण मन्त्री प्रेमबहादुर आलेले गत मंगलवार काठमाडौंमा आयोजित सामुदायिक वन उपभोक्ता महासंघ, नेपालको आठौं राष्ट्रिय परिषद्को उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा यस्तै एउटा गल्ती गरेका छन् ।

उनले मान्छेले रुखबाट कार्बनडायक्साइड लिने र रुखलाई अक्सिजन दिने बताएपछि सो भिडियो यतिबेला सामाजिक सञ्जाल का विभिन्न प्लेटफर्ममा ‘भाइरल’ बनेको छ ।

‘जुन रुखबाट हामीले कार्बनडायक्साइड पाउँछौँ, जुन रुखले हामीले अक्सिजन दिन्छौँ तै रुख काट्यो भने के हुन्छ’ उनले भनेका छन् ।

ताजुबको कुरा त के भने उनी आफै वन मन्त्री हुन् ।

जुन क्षेत्रको नेतृत्व सम्हालिरहेको छ, त्यही क्षेत्रका बारेमा यति सामान्य कुरा समेत थाहा नभएको अथवा भन्न गल्ती गरेको भन्दै उनको चर्को आलोचना भइरहेको छ।

साथै मन्त्री आलेले सोहि कार्यक्रममा आफुलाई एक अर्ब रुपैयाँको प्रलोभन आएको खुलासा गरेका थिए ।

हेर्नुहोस् भिडियो : 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?