निर्वाचन आयोग जानुअघि प्रचण्ड-नेपाल पक्षको सचिवालय बैठक

लोकपथ
0
Shares

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड-नेपाल पक्षको केन्द्रीय सचिवालय बैठक पेरिसडाँडामा जारी छ । आज (बिहीवार) निर्वाचन आयोग जानुअघि प्रचण्ड–नेपाल पक्षको केन्द्रीय सचिवालय बैठक बसेको हो ।

नेकपा विवादबारे कुनै निर्णय नगरिए पछि निर्वाचन आयोग जाने तयारीमा रहेको प्रचण्ड–नेपाल पक्षका केन्द्रीय सचिवालय सदस्यहरु छलफलमा ब्यस्त छन् ।

हिजो (बुधबार) प्रचण्ड माधव पक्षले केन्द्रीय सदस्यहरुको तीनपानेमा हस्ताक्षर संकलन गरी हस्ताक्षर पत्र, नागरिकताको प्रतिलिपि र पार्टी परिचयपत्रसहित आयोग जान लागेको हो ।

अध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपालसहित राजधानीमा उपलब्ध केन्द्रीय सदस्य र सांसदहरु आयोगमा जाने तयारी गरेको हो । यो पक्ष ले गत २० माघमा पनि वैधानिकता दाबीपत्र बुझाएपनि आयोगले यसबारे कुनै निर्णय गरेको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?