बर्दियामा १४ वर्षीय किशोरद्वारा एकै दिन चार बालिका बलात्कृत : आरोपितलाई हिरासतमा राखी अनुसन्धान जारी

लोकपथ
13
Shares

काठमाडौं । बर्दियाको बाँसगढी नगरपालिकामा १४ वर्षीय एक किशोरले एकै दिन चार बालिकालाई बलात्कार गरेको घटनामा आरोपितलाई हिरासतमा लिई म्याद थपेर अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ । आफन्तकहाँ पाहुना आएका ति किशोरले गत शुक्रवार ८, ६, ५-५ वर्षका नाबालिकालाई बलात्कार गरेको पीडित पक्षको उजुरीपछि पक्राउ परेका १४ वर्षका ति किशोरलाई तत्कालै पक्राउ गरिएको घटनामा म्याद थपेर अनुसन्धान गरिरहेको र केहि दिनमा सार्वजनिक गर्ने तयारी भइरहेको हो ।

भाँडाकुटी खेलिरहेका ८, ६, ५-५ वर्षका नाबालिकालाई आरोपित किशोरले नजिकैको सिलाईबुनाई गर्ने टेलरबाट टालाटुली लगेर बालिकाको हात र खुट्टा बाँधेर पालैपालो बलात्कार गरेका थिए ।

आरोपित किशोरले कसैलाई नभन्न बालिकालाई धम्की दिएपछि बालिकाहरूले डराएर घटनाबारे केहि भनेका थिएनन् । तर तिमध्ये एक बालिकाले अभिभावकलाई सबै कुरा बनाएपछि वास्तविकता बाहिरिएको हो ।

‘उनीहरु फागुन ५ गते विद्यालयबाट फर्किएर खेलिरहेका रहेछन् । बालिकाहरू दिउँसो भाँडाकुटी खेल्दै थिए । पाहुना आएका किशोरले नजिकैको टेलरबाट टालटुली लगेर बालिकाको हात र बाँधेर पालैपालो बलात्कार गरेछन्।’ जिल्ला प्रहरी कार्यालय बर्दियाका डीएसपी हेम शाहीले पीडित बालिकाको अभिभावकको भनाई उदृद गर्दै लोकपथलाई बताए ।

‘पीडितहरूको स्वास्थ्य परीक्षण रिपोर्ट आइसकेको छैन । आरोपित किशोरलाई नियन्त्रणमा लिई ३ पटक म्याद थप गरेर अनुसन्धान भइरहेको छ । अब छिट्टै आरोपितलाई सार्वजनिक गर्नेछौँ ।’ डीएसपी शाहीले बताए ।

उनले थपे ‘अहिले आरोपितलाई हिरासतमा राखेर अनुसन्धान गरिरहेका छौँ ।’

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?