मानव ओसारपसार र जबरजस्ती करणी मुद्दाका फरार प्रतिवादी पक्राउ

लोकपथ
0
Shares

काठमाडौं । झापामा मानव ओसारपसार तथा जबरजस्ती करणी मुद्दाका फरार प्रतिवादी पक्राउ परेका छन् ।

मानव ओसारपसार तथा जबरजस्ती करणी मुद्दाका फरार प्रतिवादी गौरीगंज गाउँपालिका-६ बस्ने २६ वर्षीया रबिना राजबंशीलाई बुधवार प्रहरीले पक्राउ गरेको छ ।

जिल्ला अदालत झापाको २०७६ असार ३० गतेको फैसलाले मानव ओसारपसार तथा जबरजस्ती करणी मुद्दामा ११ वर्ष कैद र १ लाख रुपैयाँ जरिवाना ठहर भई फरार रहेकी उनलाई ईलाका प्रहरी कार्यालय गौरीगंजबाट खटिएको प्रहरीले पक्राउ गरेको हो ।

रबिनालाई फैसला कार्यान्वयनको लागि जिल्ला अदालत झापा भद्रपुरमा उपस्थित गराइएकोमा अदालतको आदेशले बाँकी कैद भुक्तानको लागि कारागार कार्यालय चन्द्रगढी पठाइने जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?