के हो म्यादी जीवन बीमा ? यस्ता छन् यसका फाइदा

लोकपथ
0
Shares

काठमाडौ – विशेषगरी वैदेशिक रोजगारमा जाने कामदारहरुले गर्ने जीवन बीमा नै म्यादी जीवन बीमा हो । खास गरी यो जीवन बीमामा मृत्यु लाभको सुविधा मात्रै उपलब्ध गराएको हुन्छ । तर त्यसमा थप केहि शुल्क बुझाएपछि मृत्यु लाभसँगै स्वास्थ्य उपचार खर्च समेत उपलब्ध हुन सक्छ । यो बीमा अन्य जीवन बीमाहरु भन्दा भिन्न प्रकारको हुन्छ ।

यो बीमामा सामान्यतः ऋणी र आसामीबीच ऋण अवधिभरका लागि गरिन्छ र बीमांक कायम गर्दा ऋण रकम मूल साँवा एकमुष्ठ रुपमा ऋण अवधि भाकाको म्याद पुगेपछि बुझाउने भएमा बीमित ऋणी को मृत्यु भएमा एकमुष्ठ र यदि ऋण रकम ऋणीले किस्ता बन्दीमा साँवा ब्याज दुवै भुक्तानी गर्दै जाने भए तिर्न बाँकी रकम मात्रलाई बीमांक मानी ऋणी वा बिमितको मृत्यु भएको खण्डमा उक्त रकम मात्र बिमकले साहुलाई भुक्तानी गर्दैन ।

ऋणी जीवितै भए पनि निजले कुनै रकम फिर्ता पाउँदैन । बीमांक रकम नघटी एकमुष्ठ तिर्नु पर्नेलाई समतल म्यादी जीवन बीमा र बीमांक घट्दै जानेलाई ह्रासकट्टी म्यादी जीवन बीमा भनिन्छ । या बीमा मुनाफामा सरिक हुने गरी खरिद गन सकिँदैन । उपरोक्त मुलतः तीन प्रकारका बीमालेखहरुमा विभिन्न फाइदाहरु थप,समावेश तथा परिमार्जन गरी विभिन्न नामले बीमालेखहरु विमकहरुले नियमन निकायको स्वीकृति लिई प्रचलनमा ल्याएका हुन्छन् । बालबच्चाका लागि गरिने जीवन बीमा, नगद फिर्ता जीवन बीमा, सावाधिक र आजीवन समिश्रण गरिएको जीवनबीमा आदि यसका केही उदाहरण हुन्।

पछिल्लो समय यस खालको जीवन बीमामा सर्वसाधारणको आकर्षण बढ्दै गएको देखिन्छ । न्यून रकममा जोखिम बहन हुने म्यादी जीवन बीमा जोखिम हस्तान्तरणको राम्रो विकल्प बन्दै गएको देखिन्छ । यस खालको न्यून आय भएकाहरुलाई उपयुक्त र भरपर्दो विकल्प बन्न सक्छ । म्यादी बीमा गर्न ठूलो रकमको आवश्यकता पर्दैन । सानो रकमले पनि जीवन बीमा योजन खरिद गर्न सकिन्छ । अर्थात् कम बीमा शुल्क तिरेरपनि मृत्यु जोखिम वहन गर्न सकिन यसको विशेषता हो ।

म्यादी जीवन बीमा चालू रहेको अवस्थामै बीमितको मृत्यु भएमा परिवारका हकवालाले मृत्यु लाभ वापतको रकम भुक्तानी प्राप्त गर्न सक्छन् । बीमितको निधन नभए मृत्यु लाभको भुक्तानी पाउने छैन भने बीमाशुल्कको रकम समेत फिर्ता हुँदैन । यो बीमा योजना विशेषगरी मृत्यु लाभको लागि ल्याएको बीमा योजना हो । घरमूलीको निधन भएको अवस्थामा परिवारका आश्रितहरुको आर्थिक सुरक्षा सुनिश्चित गर्न यस्तो बीमा योजना ल्याइएको हो । यस्तो बीमा योजनाले निश्चित अवधिसम्मको लागी जोखिम बहन गर्ने सुविधा उपलब्ध गराउँछ। यो बीमा योजनामा १ देखि ३० वर्षसम्मका लागी बीमा गर्न सकिने व्यवस्था छ ।

यस बीमा योजनामा थप बीमाशुल्क भुक्तानी गरेपछि थप सुविधा पनि प्राप्त गर्न सकिन्छ । यो बीमा गर्दा कुनै कुनै योजनामा मृत्यु दाबी भुक्तानी नभएको अवस्थामा बीमा अवधिपछि बीमाशुल्क फिर्ता गर्ने विकल्प पनि राखिएको हुन्छ । तर यस्तो बीमा योजनामा बढी बीमा शुल्क तिर्नुपर्ने हुन्छ । साथै थप रकम भुक्तानी गरेपछि बीमीतको मृत्यु लाभसँगै उपचार खर्च समेत पाउन सकिने व्यवस्था छ ।

यस्तो बीमा योजनामा मृत्यु लाभ बाहेक आंशिक वा पूर्ण स्थायी अपाङ्गता, घातक रोग उपचार खर्च लगायतका सुविधा पनि समेटिएको हुन्छ । आंशिक वा पूर्ण स्थायी अपाङ्गता सुविधा सहितको म्यादी बीमामा दुर्घटनाको कारण बीमितको कुनै अंग आंशिक वा पूर्ण रुपमा क्षति पुगेमा बीमितलाई निश्चित रकम क्षतिपूर्ती बापत उपलब्ध गराइने व्यवस्था छ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?