चलचित्र ‘प्रेमगञ्ज’का लागि कलाकारको खोजी

काठमाडौं । चलचित्र चौतारीको ब्यानरमा निर्माण हुन लागेको नयाँ चलचित्र ‘प्रेमगञ्ज’को लागि कलाकारको खोजी गरिएको छ । विगत २५ वर्ष देखि नेपाली चलचित्र जगतमा स्पट ब्वाईको रुपमा काम गर्दै आएका राजु फुयाँल निर्माता रहेको यस चलचित्रका लागि मुख्य भूमिकामा एक अभिनेता र दुई अभिनेत्री सहित अन्य कलाकारको खोजी शुरु गरिएको हो ।

परिच्छेद सेनको निर्देशनमा बन्न लागेको चलचित्रका कार्यकारी निर्माता अनन्तमान श्रेष्ठ रहेका छन् । निर्माण पक्षले अडिसनबाट नै चलचित्रका सबै कलाकार चयन गर्ने बताएको छ । यस चलचित्रको अडिसन कान्तिपुर फिल्म एकेडेमी थापागाँउमा फागुन २७ गते बिहिवार हुने निर्माण टिमले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?