म्यानचेस्टर र क्रिष्टल गोलरहित बराबरीमा

एजेन्सी । इंग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर युनाईटेड र क्रिस्टल प्यालेस बराबरीमा रोकिएका छन् । गएराति क्रिष्टल प्यालेसको मैदानमा भएको खेलमा युनाईटेड र प्यालेसले गोलरहित बराबरी खेलेका हुन् ।

बराबरीसँगै युनाईटेडले शीर्ष स्थानको म्यानचेस्टर सिटीसँग अंक दूरी कम गर्ने मौका गुमाएको छ । लिगमा २७ खेलबाट सिटीको ६५ अंक छ भने युनाईटेडको ५१ अंक छ । तेस्रो स्थानको लेष्टर सिटीको ५० अंक छ ।

प्रिमियर लिग अन्तर्गत नै अर्को खेलमा लेष्टर सिटीले बर्नलीसँग १-१ गोलको बराबरी खेलेको छ । त्यस्तै सेफिल्ड युनाईटेडले एस्टन भिल्लालाई १-० ले हराएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?