पहाडी भू–भागमा हल्का वर्षाको सम्भावना

लोकपथ
0
Shares

काठमाडौं । अहिले प्रदेश १ तथा गण्डकी प्रदेशका पहाडी भू–भागहरूमा आंशिक देखि सामान्य बदली रही बाँकी प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रहेको छ । अन्य भू–भागहरूमा मौसम सामान्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ ।

आज दिउँसो देशका पहाडी भू–भागहरुमा आंशिक देखि सामान्य बदली रहि बाँकी भू–भागहरूमा मौसम सामान्यतया सफा रहने छ। देशका पहाडी भू–भागहरुको एक/दुई स्थानमा हल्का वर्षाको समेत सम्भावना रहेको छ ।

यसैगरी आज राती देशको पहाडी भू–भागहरुमा आंशिक देखि सामान्य बदली रहि बाँकी भू–भागहरूमा मौसम सामान्यतया सफा रहने छ। देशको पहाडी भू–भागहरुका एक/दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?