सेभियामाथि रोमाञ्चक जित निकाल्दै बार्सिलोना फाइनलमा

एजेन्सी । सेभियालाई पराजित गर्दै बार्सिलोना स्पेनिस कोपा डेल रे फुटबलको फाइनलमा प्रवेश गरेको छ । गए राति भएको सेमिफाइनलको दोस्रो लेगमा सेभियालाई ३–० गोल अन्तरले पराजित गर्दै बार्सिलोना उपाधि नजिक पुगेको हो ।
पहिलो लेग २–० गोल अन्तरले गुमाएको बार्साले दोस्रो लेगमा पुनरागमन गर्दै समग्रमा ३–२ गोल अन्तरको जित निकालेको हो ।

बार्सिलोनाको जितमा ओस्माने डेम्बेले, जेरार्ड पिक्वे र मार्टिन ब्रेथवेटले समान एकएक गोल गरे। उता सेभियाका फर्नान्डो र लुक डी जोङले रेड कार्ड ब्यहोर्दा टिम खेलको अन्तिम समयमा ९ खेलाडीमा समेटिएको थियो।

अब लेभान्टे र एथ्लेटिक बिलबाओबीचको खेलको बिजेतासँग बार्साले उपाधिका लागि भिड्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?