गोंगबु हत्याकाण्डमा संलग्न कल्पनालाई आजीवन जेल

लोकपथ
0
Shares

काठमाडौं जिल्ला अदालतले गोंगबु हत्याकाण्डमा कल्पना मुडभरीलाई आजीवन कारावासको फैसला गरेको छ । गत साउन २५ मा काठमाडौंको गोंगबुमा दाङका कृष्णबहादुर बोहरा हत्याकाण्डमा संलग्न मुडभरीलाई हत्याको सजाय सुनाएको हो ।

जिल्ला न्यायाधीश राजेन्द्र अधिकारीको इजलासले हत्या गरेको ठहर गर्दै मुडभरीलाई जीवनभरको कारावास रहन ठहर गरेको हो ।
बोहराको हत्यापछि गत साउनमै मुडभरी र उनकी छोरीलाई समेत पक्राउ गरेको थियो । अदालतले छोरीलाई भने सफाइ दिएको नागरिक दैनिकमा खबर छ । नागरिक दैनिकमा खबर छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?