नयाँ सरकार गठनमा खुला छलफल

लोकपथ
0
Shares

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) दाहाल–नेपाल समूहले नयाँ सरकार गठनका लागि सबै पक्षसँग खुला सहकार्य गर्ने निर्णय गरेको छ । समूहको केन्द्रीय कमिटी बैठकले प्रधानमन्त्री केपी शर्मा ओलीको कदमको विरोध गर्ने सबै दलसँग सहकार्य गर्न सकिने निर्णय गरेको स्थायी कमिटी सदस्य भीम रावलले बताए ।

बैठकले दलहरूसँग सहकार्य गर्ने विषयमा निर्णय गर्न स्थायी कमिटी र सचिवालयलाई अधिकार प्रत्योजनसमेत गरेको छ । ‘अब छलफल गरेर मात्र अविश्वासको प्रस्ताव लान्छौं, छलफल गर्दा प्रधानमन्त्रीको नाम तोकेर मात्र लैजान्छौं । लोकतन्त्र र संविधान रक्षाका लागि हामी खुला छौं । हामीले आगामी सरकारको नेतृत्वबारे पनि छलफलका लागि खुला रहने निर्णय गरेका छौं,’ रावलले भने । नागरिक दैनिकमा खबर छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?