९ चैत्र २०७९, बिहीवार

प्रधानमन्त्रीको प्रश्न- माओवादीले समर्थन फिर्ता लिए के हुन्छ

२०७४,आश्विन,१९,बिहीवार ०२:४२

0
Shares

काठमाडौं, १९ असोज- विकसित नयाँ राजनीतिक घटनाक्रमपछि सरकारको भविष्य र आसन्न निर्वाचनलाई लिएर प्रधानमन्त्री शेरबहादुर देउवाले महान्यायाधिवक्तालगायत कानुनविद्सँग परामर्श गरेका छन् । प्रधानमन्त्री देउवाले सत्ताधारी माओवादी केन्द्रले समर्थन फिर्ता लिँदा आउने समस्या र निर्वाचनको भविष्यमा केन्द्रित भएर कानुनविद्सँग परामर्श गरेका हुन् । देउवाले परामर्शका लागि बुधबार एक दर्जन कानुनविद्लाई बालुवाटार डाकेका थिए । कानुनविद्हरू पनि संविधान नै बोकेर गएका थिए ।छलफलमा उपस्थित कांग्रेस नेताहरूले निर्वाचन बिथोल्ने रणनीतिअनुरुप वामगठबन्धन भएको हुनसक्ने आशंकासमेत उब्जाएका थिए ।महान्यायाधिवक्ता वसन्तराम भण्डारीले नयाँ राजनीतिक घटनाक्रमलाई लिएर छलफल भएको बताए । ‘माओवादीले सरकारबाट समर्थन फिर्ता लिए त्यसपछिको अवस्था के हुन्छ ? संवैधानिक र कानुनी अवस्था के रहन्छ भन्ने प्रधानमन्त्रीको जिज्ञासा थियो,’ भण्डारीले भने, ‘बिल्कुल राजनीतिक कुरामा छलफल भएको हो । हामीले अहिल्यै समर्थन फिर्ताको अनुमान नगरौं । अहिले कतैबाट त्यस्तो कुरा आएको छैन । कुनै संवैधानिक अड्चन पनि छैन । भोलि फिर्ता भएमा त्यसपछि के गर्ने भनेर सोचौंला भन्यौं ।’कानुनविद्हरूले संविधानलाई ‘ट्र्याक’मा ल्याउन निर्वाचन नै निर्विकल्प उपाय रहेको बताउँदै केही तलमाथि भए निर्वाचन बिथोलिनसक्ने भएकाले त्यसतर्फ सजग हुन प्रधानमन्त्रीको ध्यानाकर्षण गराएका थिए, अन्नपूर्ण पोस्टमा खबर छ ।

प्रकाशित मिति: २०७४,आश्विन,१९,बिहीवार ०२:४२

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

घोडेजात्रा एउटा अत्यन्तै पुरानो जात्राका रुपमा प्राचीन कालदेखिनै काठमाडौ उपत्यकामा मनाइँदै आइएको परम्परा हो । प्रत्येक वर्ष चैत्र कृष्णपक्ष औँसीका

संस्कृतिका दृष्टिले वैभवपूर्ण काठमाडौं उपत्यका मन्दिरै–मन्दिर र जात्रै–जात्राको सहर हो । हरेक वर्ष घोडेजात्राको अघिल्लो दिनदेखि तीन दिनसम्म उपत्यकाका नेवार

काठमाडाैं । मुलुकले सङ्घीय गणतन्त्रात्मक व्यवस्थाको अभ्यास गर्न थालेको सात वर्ष पूरा भएको छ । संविधानले सङ्घ, प्रदेश र स्थानीय

काठमाडौं । गोंगबुस्थित नयाँ बसपार्क सञ्चालनको जिम्मा पाएको ल्होत्से बहुउद्धेश्यीय प्रा.लिले काठमाडौं महानगरपालिका (कामनपा)लाई तिर्नुपर्ने रोयल्टी (दस्तुर) नतिरेको पाइएको छ

ताजा समाचार

१० वर्षमा आगलागीका घटना तेब्बर बढ्यो
 २०७९,चैत्र,९,बिहीवार २०:००