फाल्गुन २० गते बिहीवारको राशिफल

वि.सं. २०७७ साल फाल्गुन २० गते । बिहीवार । इ.स.२०२१ मार्च ०४ तारिक । शकसंवत् १९४२ । प्रमादी संवत्सर । उत्तरायण । शिशिर ऋतु । नेपाल संवत् ११४१ । फाल्गुन कृष्णपक्ष । तिथी– षष्ठी, २६ बजेर ०३ मिनेट उप्रान्त सप्तमी । नक्षत्र–विशाखा,२७ बजेर ५४ मिनेट उप्रान्त अनुराधा । योग–ध्रुव,०६ बजेर ३४ मिनेट उप्रान्त व्याघात । करण–गर,१५ बजेर १४ मिनेट उप्रान्त वणिज,२६ बजेर ०३ मिनेट उप्रान्त भद्रा । आनन्दादिमा–प्रवद्र्ध योग । चन्द्रराशि–तुला,२२ बजेर १९ मिनेट उप्रान्त बृश्चिक । काठमाडौंमा सूर्योदय बिहान ०६ बजेर २७ मिनेटमा,सूर्यास्त १८ बजेर ०५ मिनेटमा । दिनमान २९ घडी ०४ पला ।

मेष(चू,चे,चो,ला,लि,लू,ले,लो,अ)
भौतिक साधन तथा सवारी साधनको प्रयोग गर्दा विचार पुर्याउनुहोला अप्रिय घट्ना नघट्ला भन्न सकिन्न । अध्ययनमा मन नजाने हुनाले अरुभन्दा पछी परिने चिन्ताले सताउनेछ । आफन्त तथा घर परिवारका सदस्यहरुको पनि सहयोग तथा समर्थन नहुँदा एक्लोपनको महशुष हुनेछ । एकल तथा साझेदारी व्यावसायमा समय दिन नसक्दा आर्थिक व्यावस्थापन गर्न गाह्रो पर्नेछ ।

बृष(ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो)
बिद्या तथा प्रतिस्पर्धामा प्रतिस्पर्धीहरुलाई किनारा लगाउदै नतिजा आफ्नो पोल्टोमा पार्न सकिनेछ । सत्रु परास्त हुनेछन् भने व्यापार व्यावसायमा प्रशस्त आम्दानी हुनेछ । पुराना ऋण,रोग तथा सत्रुबाट छुट्करा पाईने हुनाले मन प्रशन्न हुनेछ । आफन्त तथा मावली पक्षबाट हरेक क्षेत्रमा सहयोग तथा समर्थन पाईने योग रहेकोछ । न्यालयबाट हुने न्यायिक निर्णयहरु तपाईँकै पक्षमा हुनेछन् ।

मिथुन(का,की,कू,घ,ङ,छ,के,को,हा)
शुभचिन्तक तथा आफन्तको साथ सहयोगले उपलव्धीमुलक कामहरु गर्न सकिनेछ । बौद्धिकताको प्रयोग मार्फत चेतनाको स्तर उकास्न सकिनेछ । माया प्रेमको गाठो सकिनेछ । शिक्षा क्षेत्रसँग सम्वन्धीत व्यापारमा लगानी गरी मनग्गे धन आर्जन गर्न सकिनेछ । मन परेको मानिसबाट उपाहार तथा भौतिक सम्पती प्राप्त हुनेछ । राज्यको नजिक भएर काम गर्नेहरुले पद पाउने योग रहेकोछ ।

कर्कट(ही,हू,हे,हो,डा,डी,डु,डे,डो)
साथिभाई तथा आफन्तसँग मनमुटाव बढ्ने योग रहेकोछ । राजनीति तथा समाजसेवामा जनताको आलोचनात्मक समर्थन पाईनेछ । मन परेको मानिससँग टाडिनु पर्दा मनमा छटपटी र अशान्ति छाउनेछ । अन्य व्यापारमा मन्दी आउने भएपनि कृषि तथा सहकारी व्यावसाय फस्टाएर जानेछ । सवारी साधनको प्रयोग गर्दा ध्यान दिनुहोला ।

सिंह(मा,मी,मू,मे,मो,टा,टी,टू,टे)
उत्कृष्ट नतिजा हात पार्न थोरै समय लगानी नै काफी हुनेछ । छोटो तथा रमाईलो यात्राको तय गर्न सकिनेछ । विवादित विषयको निर्णय तयाईकै पक्षमा हुनेछन् । दाजुभाई तथा छिमेकीसँग मिलेर गरीने व्यापार व्यावसाय फस्टाएर जानेछ । भौतिक सम्पती तथा नगद जुट्नाले लगानी गर्ने सहज वातावरण बन्नेछ । प्रेममा सामिप्यता बढेर जानेछ ।

कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो)
धन स्थानमा गोचर गर्ने शुभ चन्द्रमाले बन्द व्यापारबाट भनेजस्तो आम्दानी हुनेछ । सर सापटी दिईएका रुपैया पैसा उठ्ने तथा आफन्तको सहयोगले उपलव्धी मुलक काम गर्न सकिनेछ । बोलिकै भरमा राम्रा तथा प्रतिष्ठित काम गर्न सकिनेछ । परिवारका साथमा यात्रा गर्न सकिने तथा मिष्ठान्न भोजनको ग्रहण गर्ने अवसर प्राप्त हुनेछ । अभाव हट्ने तथा नाम दाम कमाउन सकिनेछ ।

तुला(रा,री,रु,रे,रो,ता,ती,तू,ते)
ढिला शुस्ती तथा मनमा अशान्तिले दैनिक कामहरु प्रभावित हुनेछन् । व्यापारमा लगानी गरे पनि न्यून प्रतिफल प्राप्त हुनेछ । अध्ययनको लागी समय प्रतिकुल रहेकोछ भने प्राप्ताङक आफुतिर ल्याउन निकै मेहनेत गर्नु पर्नेछ । पुख्र्यौली सम्पती तथा भौतिक सम्पतिमा बिवाद हुन सक्छ । प्रेममा एक अर्कालाई अबिश्वास गर्नाले टाडिनु पर्ने हुन सक्छ ।

बृश्चिक(तो,ना,नी,नू,ने,नो,या,यी,यू)
समय मध्ययम रहेकोले स्वास्थ्यमा समस्या आई खर्च बढ्ने योग रहेकोछ । पढाइ लेखाइमा समय दिन नसक्दा अरुभन्दा पछि परिनेछ । माया प्रेममा अविश्वास बढ्ने तथा परिवारका अग्रज व्याक्तित्वसँग राय बाजिनेछ । तरपनि विदेशी सामानको व्यापार व्यावसायबाट मनग्गे धन आर्जन गर्न सकिनेछ । अध्ययनमा तथा कामको शिलशिलामा विदेशी भूृमिमा हुनुहुन्छ भने समयले साथ दिनेछ ।

धनु(ये,यो,भा,भी,भू,ध,फा,ढा,भे)
व्यापार व्यावसाय फस्टाएर जाने हुनाले प्रशस्त आम्दानी हुनेछ । बौद्धिक कार्यमा सहभागि हुने अवसर प्राप्त हुनेछ भने भनेजस्तो पारिश्रमिक पाउदा मन प्रशन्न हुनेछ । शिक्षामा भनेजस्तो नतिजा हात पार्न सकिने हुदा गुरुवर्ग तथा आफन्तहरु खुशि हुनेछन् । दाजुभाई तथा अग्रजहरुको सहयोग पाईनाले नयाँ काम गर्न सकिनेछ । प्रेममा रमाउन चाहनेहरुका लागी समय उत्तम रहेकोछ ।

मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी)
अध्ययनमा मन जानेछ भने अध्ययनकै शिलशिलामा यात्रा हुनेछ । राज्यको मेकानिजम्भित्र बसेर काम गर्ने अवसर प्राप्त हुनेछ । शुभचिन्तक तथा सहयोगीको सल्लाहले राम्रा काम गर्न सकिनेछ । व्यापार व्यावसाय फस्टाएर जानेछ भने जागरी गर्नेहरुका लागी सयय उत्तम रहेकोछ । प्रेममा आफ्नो भावना साटासाट गर्ने बाताबरण बन्नेछ ।

कुम्भ(गू,गे,गो,सा,सी,सू,से,सो,दा)
सामाजिक तथा धार्मिक काममा अभिरुची बढ्नेछ भने धार्मिक प्रतिष्ठान तथा मन्दीर तिरको यात्रा गर्ने अवसर जुर्नेछ । पढाइ लेखाइको सवालमा शिलशिलामा लामो दुरिको यात्रा हुनेछ । भाग्य तथा समयले साथ दिने हुँदा सोनो प्रयत्नले ठुला उपलव्धी हासिल हुनेछ । सरकारी तथा प्रशासनिक क्षेत्रमा तपाईँको सम्मानजनक उपस्थिती रहनेछ । प्रेममा सामिप्यता बढ्नेछ ।

मीन(दी,दू,थ,झ,ञ,दे,दो,चा,ची)
व्यापार व्यावसायमा लगानि गर्नको लागी केहि समय कुर्नु नै उत्तम हुनेछ । काम गर्दा ध्यान दिनुहोला ऋण तथा संकटको सामना गर्नुपर्ने हुनसक्छ । मन परेको मानिस टाडिने हुँदा मन खिन्न हुनेछ । आफन्त तथा दिदी बहिनीसँग मनमुटाब सिर्जना हुने योग रहेकोछ । पढाइ लेखाइमा कडा मेहनेत गर्दामात्र नतिजा हात पार्न सकिनेछ । भौतिक सम्पतिको प्रयोग गर्दा ध्यान दिनुहोला ।

तपाईँको दिन शुभ रहोस् ।
ज्योतिषी दुर्गा भण्डारी ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?