डेढ महिनामै ४ लाखले खोले ‘डिम्याट एकाउन्ट’

काठमाडौँ– पछिल्लो समय डिम्याट खाता खोल्नेको संख्या ह्वात्तै बढेको पाइएको छ ।

माघ ६ गतेपछि ४ लाखले डिम्याट खोलेका छन् । माघ ६ गते डिम्याट खाताको संख्या २६ लाख १० हजार ८ सय ६२ रहेकोमा फागुन ६ गतेसम्म यो संख्या बढेर २८ लाख ७३ हजार २ सय ७९ पुगेको थियो । आज फागुन १९ गतेसम्म आईपुग्दा डिम्याट खाताको संख्या ३० लाख नाघेको हो ।

सिडीएससीको आज बुधवारसम्मको तथ्यांक अनुसार नेपालमा डिम्याटको संख्या ३० लाख ४१ हजार ६ सय ९८ पुगेको छ । विशेषगरि नेपाल इन्फ्रास्ट्रकचर बैंकले निष्काशन गर्ने आईपीओमा आवेदन दिनको लागि डिम्याट खाता खोल्नेको संख्या अत्याधिक बढेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?