प्रधानमन्त्री ओलीले एकसिंगे गैंडा ‘पाल्ने’

काठमाडौँ– प्रधानमन्त्री केपी शर्मा ओलीले एक सिंगे गैंडाको जिम्मा लिएका छन् ।

सदर चिडियाखाना जावलाखेलमा रहेको वन्यजन्तुको अभिभावकत्व अभियानको शुभारम्भका क्रममा प्रधानमन्त्री ओलीले त्यहाँ रहेको एकसिंगे गैंडाको जिम्मा लिएका हुन् । प्रधानमन्त्री ओलीले अब एक वर्षसम्म उक्त गैंडाको लागि सम्पूर्ण खर्च बेहोर्ने छन्।

आफुले कोभिड रहुन्जेल तलब नलिने घोषणा गरेकाले एक महिनाको गैडाको खाना .बराबर श्रीमती राधीका शाक्यको पेन्सनबाट उपलब्ध गराउने प्रतिवद्धता पनि प्रधानमन्त्रीले जनाए । उनले एकसिंगे गैडाका बारेमा पनि लामो व्याख्या गरे ।

उनले भने, “जु संकटमा पर्यो । कर्मचारीलाई त तनखा दिन्छौ होला । थोरै भएपनि । फिप्टी प्रतिशत । यी जनावर त कोही पनि नआएपछि त फिप्टी प्रतिशत पनि हुदैन । संकटमा परेनन् ? यीनीलाई संकटमा पर्न नदिनका लागि हामी विभिन्न उपायहरु गछौ । जसमध्ये एडप्ट एन एनिमल हो । यो एक सिंगे गैडा नजिकै गयो भने त्यत्ति राम्रो मान्दैन । एडप्ट गरेपछि त अलि राम्रो मान्नुपर्ने नि ? नजिक गयो भने त्यत्ति राम्रो मान्दैन । तैपनि यो यसै धर्तीमा जन्मेको । यो एकसिंगे गैडा चाहीँ यही जन्मेको हो । यो एकसिंगे गैडा,यसका पुर्खा न अन्त जान्थेँ, न अन्त पैदा हुन्थे । यो अमेरिकामा जन्मदैन । अमेरिकामा बसोबास गर्न बसाई पनि जादैन । डिभि पनि काट्दैन यसले । यसलाई नेपाल प्यारो छ । नारायणीको किनार राम्रो छ । यो ओरिजिनली नेपाली हो । ”

राष्ट्रिय प्रकृति संरक्षण कोषले चिडियाखाना व्यवस्थापन गरेको २५ वर्ष पूरा भएको अवसरमा यो अभियानको शुभारम्भ गरिएको हो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?