‘वार्तामा बस्नु ठीक, राजनीतिक लाभ नहेरौं’- बाबुराम भट्टराई

काठमाडौँ : पूर्वप्रधानमन्त्री तथा जनता समाजवादी पार्टीका स‌ंघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले विप्लव नेतृत्वको नेकपा वार्तामा आउनु सही भएको बताएका छन् । पूर्वप्रधानमन्त्री डा. भट्टराईले सामाजिक सञ्‍जाल ट्‍वीटरमार्फत विप्लव समूहसँगको वार्ता प्रयत्‍न ठीक भएको उल्लेख गरेका हुन् ।

उनले सरकार र विप्लव नेतृत्वको नेकपालाई तत्कालीन राजनीतिक लाभ नहेरी दिर्घकालिन शान्ति र संरचनात्मक परिवर्तनलाई हेरेर वार्ता गर्न आग्रह गरेका छन् । उनले लेखेका छन्, ‘विप्लव समूहसंग वार्ताको प्रयत्‍न ठीक छ। दुवै पक्षले तत्कालीन राजनीतिक लाभांश निम्ति हैन, दीर्घकालीन शान्ति र संरचनात्मक परिवर्तननिम्ति यसलाई प्रयोग गरे गजब हुनेछ,।’

उनले भनेका छन्, ‘संगसंगै तत्कालीन जनयुद्ध र राज्यको नेतृत्व गर्ने शक्तिहरूसंग समझदारी गरेर TRC/वेपत्ता आयोगको काम टुंग्याए सुनमा सुगन्ध हुनेछ !’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?