नख्खु दुर्घटना : सहमति नजुटेपछि भोलि पनि विद्यार्थीले कोटेश्वर चोकमा विरोध गर्ने

लोकपथ
2.6k
Shares

काठमाडौं – कलेज जान लागेकी १९ वर्षीया अञ्जु दाहालको जीपको ठक्करबाट आज बुधवार बिहान ज्यान गएको घटनामा सहमति नजुटेका कारण विद्यार्थीले कोटेश्वर चोकमा विरोध प्रदर्शनलाई निरन्तरता दिने भएका छन् ।

चालकको लापरवाहीका कारण अञ्जुको मृत्यु भएको भन्दै दोषीलाई कारबाहीको माग गर्दै विद्यार्थीले आज पनि सडकमा उत्रेर सवारी आवागमन अवरुद्ध गर्दै आक्रोश पोखेका थिए ।

बिहान सवा ५ बजे कलेज जाने क्रममा बाटो पार गर्दै गरेकी दाहाललाई स १ ज ५६७ नम्बरको जिपले ठक्कर दिएको थियो । दुर्घटनालगत्तै पाटन अस्पताल लगिएकी उनको अस्पतालमै मृत्यु भएको थियो ।

उनको मृत्यु भएको खबर लगत्तै कोटेश्वर मल्टिपल क्याम्पसका विद्यार्थीले जावलाखेलमा सडक अवरुद्ध पारेका हुन् ।सांकेतिक तस्वीर

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?