सभापति देउवाले लगाए कोरोनाविरुद्धको खोप

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आज (बुधवार) कोरोनाविरुद्धको खोप लगाएका छन् । उनले नयाँ बानेश्वरस्थित सिभिल अस्पतालमा पुगेर खोप लगाएका हुन् ।

आज (बुधवार बिहान १० बजेदेखि दिउँसो ४ बजेसम्म नयाँ बानेश्वरस्थित सिभिल अस्पतालमा कोरोना खोप लगाउने कार्यक्रम रहेको थियो ।

सभामुख अग्नि सापकोटासहित पूर्वप्रधानमन्त्रीहरु पुष्पकमल दाहाल प्रचण्ड, माधवकुमार नेपाल, स्वास्थ्यमन्त्री हृदयेश त्रिपाठी लगायतले आज बुधवार कोरोनाविरुद्धको खोप लगाइसकेका छन् ।

संसद सचिवालयका अनुसार दुबै सदनका ३३४ सांसद, सचिवालय र संसद भवनमा खटिने कर्मचारी समेत गरी १५ सयलाई कोरोनाविरुद्धको खोप लगाउने व्यवस्था गरिएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?