नेपालमा थप ७८ जनामा कोरोना संक्रमण पुष्टि, कति छन् सक्रिय संक्रमित ?

लोकपथ
0
Shares

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा थप ७८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै हालसम्म नेपालमा कोरोना संक्रमण हुनेको कूल संख्या २ लाख ७४ हजार २९४ जना पुगेको छ ।

मन्त्रालयका अनुसार यस अवधिमा थप ७२ जना कोरोना संक्रमण मुक्त भएका छन् । यससँगै निको हुनेको संख्या २ लाख ७० हजार ५४३ पुगेको छ ।

त्यस्तै, हालसम्म २ लाख ७ हजार ७७ जना संक्रमित निको भएका छन् ।

कोरोनाका कारण अहिलेसम्म नेपालमा २ हजार ७ सय ७७ जनाको मृत्यु भएको छ भने पछिल्लो २४ घण्टामा मृतक संख्या शुन्य रहेको छ ।

नेपालमा हालसम्ममा ९७४ जना सक्रिय संक्रमित रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?