२०७७, १९ फाल्गुन बुधबार १५:५३

गोंगबु हत्या प्रकरणकी दोषी कल्पनालाई आजीवन काराबासको सजाय, छोरीले पाइन् सफाइ


प्रकाशित मिति : २०७७, १९ फाल्गुन बुधबार १५:५३

काठमाडौं । गोंगबुमा भएको कृष्णबहादुर बोहराको हत्या गरी सुटकेशमा राखेर फाल्ने कल्पना मुडभरीलाई आजीवन काराबासको सजाय सुनाइएको छ ।

कल्पनाले रोल्पा रून्टीगढी गाउँपालिका-७ घर भई गोंगबुस्थित एक होटलमा बस्दै गरेका ४५ वर्षीय बोहोराको हत्या गरी टाउको, खुट्टा काटेकी थिइन्।

मृतकको टाउको, ज्यान र खुट्टा फरक फरक स्थानमा भेटिएको थियो ।

जिल्ला अदालत काठमाडौंले गोंगबुमा डेरा गरी बस्दै आएकी ३७ वर्षीया कल्पना मुडभरीलाई आजीवन काराबासको सजाय सुनाएको अदालतका सूचना अधिकारी नरेन्द्रकुमार शर्माले जानकारी दिए ।

शर्माका अनुसार फागुन १३ गते न्यायाधीश राजेन्द्र अधिकारीको इजलासले उनलाई जिवीत रहुञ्जेल काराबासको सजाय सुनाएका हुन् ।

त्यस्तै कल्पनाकी छोरीले भने सफाइ पाएकी छन्। नाबालकसमेत रहेकी उनलाई अदालतले सफाइ दिएको छ ।

गोंगबु बस्ने कृष्णबहादुर बोहराको टाउको र खुट्टा बिनाको शव गत साउन २५ गते सुटकेसमा भेटिएको थियो ।

प्रतिक्रिया दिनुहोस