काठमाडौं । नेपाली कांग्रेसले आफ्ना सांसदलाई काठमाडौं उपत्यका नछोड्न निर्देशन दिएको छ ।
मन्त्रिपरिषद्को सिफारिसमा फागुन २३ गते बस्ने प्रतिनिधि सभा बैठकका लागि उपस्थित हुनै पर्ने भन्दै कांग्रेसले आफ्ना सांसदलाई उपत्यका नछाड्न निर्देशन दिएको हो ।
शुक्रवार दलको बैठकमा अनिवार्य उपस्थित हुन सांसदलाई सर्कुलर गरिएको कांग्रेसकी सचेतक पुष्पा भुसालले जानकारी दिइन । संसद पुनःस्थापनपछि पहिलो पटक बस्न लागेको शुक्रवारको प्रतिनिधि सभा बैठकमा कांग्रेसको भूमिका कस्तो हुने र कसरी प्रस्तुत हुने भन्ने विषयमा छलफल गरिने उनले बताइन ।
साथै, कांग्रेसले आगामि फागुन २१ गते स्थायी कमिटीको बैठक बोलाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया