काठमाडौं । भक्तपुरमा पोखरीमा डुबेर एक जनाको मृत्यु भएको छ ।
भक्तपुर नगरपालिका-६ महालक्ष्मी बस्ने ५५ वर्षीया मैया सुवालको सोही ठाउँस्थित ‘ख्यौ पुकुचा’ पोखरीमा डुबेर मंगलवार साँझ मृत्यु भएको छ ।
पानीमा डुबी रहेको अवस्थामा फेला पारी तत्काल उपचारको लागि भक्तपुर अस्पताल लगिएकोमा उनको उपचारको क्रममा
मृत्यु भएको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको बताएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया