प्रचण्ड-माधव पक्षको केन्द्रीय कमिटी बैठक शुरु : संसदीय दलको नेता फेर्ने प्रस्तावबारे के होला निर्णय ?

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड – नेपाल पक्षको केन्द्रीय कमिटी बैठक पेरिसडाँडामा शुरु भएको छ ।
पछिल्लो राजनीतिक घटनाक्रमबारे रणनीति बनाउन बैठक बस्न लागेको हो ।

भर्खरै सकिएको स्थायी कमिटी बैठकले संसदीय दलको नेता फेर्ने प्रस्ताव केन्द्रीय कमिटी बैठकमा लैजाने निर्णय गरेको थियो ।

सर्वोच्च अदालतले संसद पुनर्स्थापनाको निर्णय सुनाएसँगै आगामी सरकार गठनका लागि चितवनबाट फर्केलगत्तै कांग्रेस सभापति शेरबहादुर देउवा, जनता समाजवादी पार्टी जसपाका नेताहरुलाई समेत भेटेर छलफल गरेको प्रचण्ड – नेपाल पक्ष अहिले तिव्र दौडधूपमा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?