सकियो प्रचण्ड-नेपाल पक्षीय स्थायी कमिटी बैठक : केन्द्रीय कमिटीमा यस्तो प्रस्ताव लैजाने

लोकपथ
0
Shares

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल पक्षको आज  (बुधवार) बसको स्थायी कमिटी बैठकले संसदीय दलको नेता फेर्ने प्रस्ताव केन्द्रीय कमिटी बैठकमा लैजाने निर्णय गरेको छ ।

आज पार्टी कार्यालय पेरिसडाँडामा बसेको बैठकले संसदीय दलको नेता फेर्न  एजेन्डा तय गरेको  हाे ।

यसअघि बसेको संसदीय दलको बैठकले प्रधानमन्त्री केपी शर्मा ओलीलाई संसदीय दलको नेताबाट हटाएर अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई संसदीय दलको नेता बनाएको थियो । आज दिउँसो बस्ने केन्द्रीय कमिटी बैठकले उक्त निर्णय अनुमोदन गर्नेछ ।

प्रचण्ड–नेपाल पक्षको केन्द्रीय कमिटी बैठक आज दिउँसो १ बजे बस्दै छ ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?