३१ श्रावण २०७९, मंगलवार

प्रधानमन्त्रीको जिल्लामा चर्को विवाद, मल्ल पक्षले आरजुको नाम काट्यो

२०७४,आश्विन,१९,बिहीवार ०२:४१

9
Shares

डडेलधुरा, १९ असोज- कांग्रेस सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाको गृह जिल्ला डडेल्धुरामा नेपाली कांग्रेसभित्र पुन: चर्को विवाद सुरु भएको छ ।स्थानीय तह निर्वाचनमा पार्टीभित्रकै विवादका कारण जिल्ला सदरमुकामको अमरगढी नगरपालिकालगायतका महत्त्वपूर्ण क्षेत्रमा पराजय व्यहोरेको कांग्रेसभित्र निर्वाचन नजिकिँदै जाँदा विवाद चरम उत्कर्षमा पुगेको हो । डडेल्धुरा कांग्रेसका सभापति कर्ण मल्ल पक्षले देउवानिकट मानिने कांग्रेस नेताहरूलाई पार्टी विधान र निर्णयको पटकपटक अवज्ञा गरेको आरोप लगाउँदै कारबाही सिफारिस गरेपछि विवाद चुलिएको हो । पटकपटक पार्टी निर्णयविपरीत काम गर्दै आएकाले कारबाहीको सिफारिस गरिएको मल्ल पक्षले उल्लेख गरेको छ, कान्तिपुरमा खबर छ ।मल्ल पक्षले देउवानिकट समानुपातिक सांसद नरभान कामी, पूर्वसभापति रघुवर भट्ट, देउवाका पूर्वस्वकीय सचिव गोविन्द बोहरा, नेविसंघ अध्यक्ष नैनसिंह महर, जिल्ला कार्यसमिति सचिव लक्ष्मी अवस्थी, महिला संघ अध्यक्ष मानकुमारी थापा, परशुराम नगरपालिकाका निर्वाचित प्रमुख भीमबहादुर साउद र भागेश्वर गाउँपालिका प्रमुख कौशीला भट्टलाई कारबाही सिफारिस गरेको हो ।यसैगरी, अमरगढी नगरपालिकामा कांग्रेसबाट मेयर पदका उम्मेदवार डिल्ली जोशी, उपमेयर पदका उम्मेदवार पार्वती झुकाल, कांग्रेसका पूर्व जिल्ला सचिव हेमराज चटौत, दलित नेता चन्द्री टमटालगायत १४ जनालाई समेत कारबाही सिफारिस गरेपछि विवाद उत्कर्षमा पुगेको छ ।स्थानीय तह निर्वाचनमा अधिकांश क्षेत्रमा अन्तरघातका कारण पार्टीले पराजय व्यहोरेको प्रधानमन्त्री देउवाको गृह जिल्लामा कांग्रेसका दुवै गुटले प्रदेशसभा निर्वाचन र प्रतिनिधिसभा उम्मेदवार पनि बेग्लाबेग्लै सिफारिस गरी केन्द्रमा पठाएका छन् । दुवै पक्षले प्रतिनिधिसभामा प्रधानमन्त्री देउवाको नाम सर्वसम्मत सिफारिस गरेका छन् । देउवा पक्षीय नेताहरूको बैठकले कांग्रेस नेतृ आरजु देउवाको नाम समानुपातिकमा सिफारिस गरेको छ भने मल्ल पक्षले आरजुको नाम सिफारिस गरेको छैन । प्रदेशसभामा पनि दुवै गुटले अलगअलग नाम टिकटका लागि सिफारिस गरेका छन् ।

प्रकाशित मिति: २०७४,आश्विन,१९,बिहीवार ०२:४१

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । न्याय परिषद्ले २१ जनालाई जिल्ला न्यायाधीशमा नियुक्तिका लागि सिफारिस गरेको छ । मंगलबार बसेको परिषद बैठकले जिल्ला न्यायाधीशका लागि

काठमाडौं । नेपाली होटल व्यवसायी संघको २० औं वार्षिक साधारणसभा तथा १२ औं अधिवेशन आगामी भदौ ४ गते हुने भएको

काठमाडौं । निहारिका राजपुत प्रकरणमा आरोपित शिवराज श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको छ । श्रेष्ठलाई धनुषाबाट पक्राउ गरिएको  हाे । उपत्यका

काठमाडाैं । निर्वाचन आयोगले निर्वाचन प्रयोजनार्थ आयोगमा दर्ताका लागि निवेदन दिएका सबै दलको भोलि (बुधवार) बाट जाँच गर्ने भएको छ

ताजा समाचार

होमस्टे चलाउन सहरबाट गाउँ फर्किए युवा
 २०७९,श्रावण,३१,मंगलवार २१:५७
अकबरे खुर्सानीमा आत्मनिर्भर घाम्राङ
 २०७९,श्रावण,३१,मंगलवार २१:४७
सुदूरपश्चिममा ओल्के पर्व मनाइँदै
 २०७९,श्रावण,३१,मंगलवार २१:४०