हाउजे बाइकको सोरुम चावहिलमा खुल्दै

लोकपथ
0
Shares

काठमाडौं । काठमाडौंको चावहिलमा हाउजे बाइकको सोरुम सञ्चालन हुने भएको छ। चिनियाँ मोटरसाइकल कम्पनी हाउजेको नेपालका लागि आधिकारिक वितरक कृष्ण इन्टरनेशनल ट्रेडिङ कन्सर्नले सोरुम सञ्चालनको तयारी गरेको हो।

यसअघि कमलपोखरी, टेकु र नयाँ बजारमा सोरुम सञ्चालन गरेको कम्पनीले शुक्रवारदेखि चावहिलमा पनि सोरुम सञ्चालनको तयारी गरेको हो। उपत्यकाबाहिर चितवन, हेटौडा र संखुवासभामा यसको सोरुम रहेको छ।

सुजुकीसँगको सहकार्यमा उत्पादन भएकाले अन्तर्राष्ट्रिय बजारमा हाउजे बाइकको तुलना सुजुकीसँग हुने बताइएको छ । कम्पनीको एनके १५० बाइक नेपाली बाटोलाई सुहाउँदो रहेको कम्पनीको दाबी छ। रोड र अफरोड दुवैका लागि यो बाइक राम्रो रहेको कम्पनीले बताएको छ। यसको मूल्य ३ लाख ९५ हजार रुपैयाँ तोकिएको छ।

रेड, ब्ल्याक र ह्वाइट गरी तीन कलारमा बाइक उपलब्ध गराएको कम्पनीले टिआर १५० बाइक तथा भिएस १२५ स्कुटर पनि नेपाली बजारमा ल्याएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?