आवासबिहीन जनतालाई साना-साना भए पनि घर बनाएर दिन्छौँ : प्रधानमन्त्री ओली

लोकपथ
0
Shares

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आवासबिहीन जनतालाई साना-साना भए पनि घर बनाएर दिने नीति लिएको बताएका छन् ।

मंगलवार झापा जिल्लामा दुई वटा जनता आवास कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्रीले देशभरी हजारौंको संख्यामा आवास बनाएर हस्तान्तरण गर्ने कार्यक्रम रहेको उल्लेख गरे ।

झापाको विर्तामोड –७ स्थित हर्चनमा निर्मित ३७ घर संख्याको आवास उद्घाटन गर्दै प्रधानमन्त्रीले सरकार जनतालाई फुसको छानोयुक्त स-सानो छाप्रोबाट टिनको छानोयुक्त घरमा बसाउन दृढ्ताका साथ लागि परेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?