नेता नेपालले लगाए कोरोनाविरुद्धको खोप

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–माधव पक्षका अध्यक्ष माधवकुमार नेपालले कोरोनाविरुद्धको खोप लगाएका छन् ।

उनले आज (बुधवार) नयाँ बानेश्वरस्थित सिभिल अस्पतालमा पुगेर खोप लगाएका हुन् ।
खोप लगाएपछि नेपाल खोप केन्द्रमा रहेको आराम गरिरहेका छन् ।

प्रतिनिधि सभा र राष्ट्रिय सभाका सांसदहरुलाई आजदेखि कोरोना खोप लगाउन सुरु गरिएको हो। आज (बुधवार) सांसदहरुलाई कोरोना भाइरसविरुद्धको खोप लगाइँदैछ ।

बिहान १० बजेदेखि दिउँसो ४ बजेसम्म नयाँ बानेश्वरस्थित सिभिल अस्पतालमा कोरोना खोप लगाउने कार्यक्रम रहेको संघीय संसद सचिवालयले जनाएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?