डर्टमण्ड जर्मन कपको सेमिफाइनलमा

लोकपथ
0
Shares

काठमाडौं । जितसँगै बोरुसिया डर्टमण्ड जर्मन कप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ । मंगलवार राति भएको खेलमा बोरुसिया मन्छेनग्लाडबाखलाई १-० गोल अन्तरले पराजित गर्दै डर्टमण्ड अन्तिम चारमा प्रवेश गरेको हो ।

डर्टमण्डको जितमा जाडोन सान्चोले निर्णायक गोल गरे । उनले खेलको ६६ औं मिनेटमा गोल गरेका थिए ।

यस्तै खेलको अन्तिम केहि समय डर्टमण्ड १० खेलाडीमा समेटिएको थियो ।

खेलको इन्जुरी समयमा महमुद दाहुदले दोहोरो पहेलो कार्डसहित रातो कार्ड पाएर मैदानबाट बाहिरिएका थिए ।

  • एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?