पूर्वसचिव पनि नराम्ररी ठगिए

लोकपथ
0
Shares

महँगो ब्याज पाइने भएपछि अवकाशको जीवनका निम्ति प्राप्त रकम सहकारीमा राखेका पूर्वसचिव श्याम मैनाली आफैँ पीडित बनेर अस्ति सोमबारदेखि प्रहरीमा धाएका छन् । काठमाडौं–४, सुकेधारास्थित आनन्दनगर बचत तथा ऋण सहकारी संस्था लिमिटेडका व्यवस्थापक लोकनाथ सापकोटाले ४० करोड रुपैयाँ हिनामिना गरेर भागेपछि मैनालीसहितका बचतकर्ताहरु एक वर्षभन्दा अघिदेखि बिलखबन्दमा परेका हुन् ।
४० करोड रुपैयाँ झ्वाम पारेर भारत पसेका लोकनाथ सापकोटालाई प्रहरीले पक्रेर काठमाडौं ल्याएपछि व्यवस्थापक र बचतकर्ताहरुले बनाएको संघर्ष समितिबीच भएकोे सहमतिबमोजिम बिस्तारै रकम असुल्ने प्रक्रिया अघि बढाउने भनियो । दाहाल थरका एकजना बचतकर्ताको अध्यक्षतामा बनेको संघर्ष समितिमा पूर्व सचिव मैनाली पनि सदस्य बसे । तर, यसबीच चेक बाउन्ससम्बन्धी अर्कै काण्डमा तिनै लोकनाथलाई प्रहरीले बौद्धबाट समात्यो । प्रहरी हिरासतमा रहेका सापकोटालाई भेट्न सहकारीका ठूलै ऋणी नरेन्द्रबहादुर चन्द अस्ति बौद्ध प्रहरी पुगे । चन्दले सहकारीबाट १ करोड १० लाख रुपैयाँको ऋण लिएको देखिन्छ ।
लोकनाथ र नरेन्द्रबीचको लेनदेन सम्बन्धमाथि आशंका गर्दै संघर्ष समितिले गरेको छानबिनमा व्यवस्थापकले झ्वाम परेको रकममा चन्दको समेत संलग्नता रहेको गतिलो प्रमाण मिलेको बताइएको छ । त्यहि क्रममा सहकारीको कार्यालयमा हालै सञ्चालक समितिका अध्यक्षलगायत पदाधिकारी र संघर्ष समितिबीच छलफल भएको थियो । छलफलमा चन्दको अस्वाभाविक ऋण रकमको बारेमा समेत राम्रैसँग कुरो उठ्यो । कुरो नमिलेपछि चन्द माथिल्लो तलाबाट ओर्लिंदै थिए । त्यही क्रममा सहकारीको डुबेको ४० करोडमा उनको पनि संलग्नता र मिलेमतो रहेको भन्दै भ¥याङमै धेरै जनाले हुटिङ गरे । हाहा र हुहुबीच कसैले अनुहारमा स्टाम्प प्याडको कालो मसी दलिदियो । प्रहरीले चन्द र अन्य केहीलाई पक्राउ ग¥यो । सोधपुछको क्रममा बचतकर्ता र संघर्ष समिति सदस्यको नाताले पूर्वसचिव श्याम मैनाली पनि महाराजगञ्ज प्रहरी कार्यालय पुगे । पीडितले आफूमाथि दुव्र्यवहार भएको उजुर गरेपछि अहिले सहकारीको विवाद राजनीतिकरणतर्फ उन्मुख भएको बताइन्छ । जनआस्थामा खबर छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?