पेट्रोलियम पदार्थमा १० महिनामा नौ पटक मूल्यबृद्धि, आन्दोलनमा उत्रने अनेरास्ववियुको चेतावनी

RSS
0
Shares

काठमाडौँ– नेपाल कम्युनिष्ट पार्टी नेकपा प्रचण्ड-नेपाल समूहको अनेरास्ववियुले पेट्रोलियम पदार्थमा वृद्धि गरिएको मूल्य फिर्ता नलिए कडा आन्दोलनमा उत्रने चेतावनी दिएको छ । सरकारले चालु आर्थिक वर्षको साढे १० महिनामा पेट्रोलियम पदार्थमा नौ पटक मूल्यबृद्धि गरेको भन्दै अनेरास्ववियुले जनतालाई राहत र सहुलियत दिनुको सट्टा उनीहरूको चुलो चौकोमै बज्रप्रहार गर्ने कार्य अत्यन्तै निन्दनीय र गैरजिम्मेवारपूर्ण रहेको जनाएको छ ।

सहसंयोजक रञ्जित तामाङद्वारा हस्ताक्षरित प्रेस विज्ञप्तिमा भनिएको छ ‘कोरोना कहर र लामो लकडाउनका कारण थिलथिलो भएका जनतालाई राहत र सहुलियत दिनुको सट्टा उनीहरूको चुलो चौकोमै बज्रप्रहार गर्ने कार्य अत्यन्तै निन्दनीय र गैरजिम्मेवारपूर्ण रहेको छ ।

अनेरास्ववियु संघर्षमा उत्रिरहेको बेलामा झन् मूल्य बढाउने कार्यले जनता र विद्यार्थीलाई आक्रोशित तुल्याएको बताएको छ । नेपाल आयल निगमले सोमवार मात्रै पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?