दाहाल-नेपाललाई महेश बस्नेतको सुझाव- ‘चाँडो पार्टी फुटाएर सांसद जोगाउ’

RSS
0
Shares

काठमाडौँ– नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का केन्द्रीय सदस्य महेश बस्नेतले प्रधानमन्त्री केपी शर्मा ओलीका पक्षमा प्रतिनिधिसभाका ९२ जना सांसद पुग्ने जिकिर गरेका छन् ।

रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा उनले अबको प्रधानमन्त्री पनि ओली नै हुने बताए । पूर्वमन्त्री बस्नेतले पार्टी एक हुने स्थिति नदेखिएकाले जतिसक्दो चाँडो पार्टी फुटाएर भएका आफ्ना सांसदहरु जोगाउन अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ समूहलाई सुझाव दिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?