१६ वर्षीय बालिकालाई जवरजस्ती करणी, १८ बर्षीय युवक पक्राउ

काठमाडौँ– दैलेखको भगवतीमाई गाउँपालिकाका एक जना युवकलाई जवरजस्ती करणी आरोपमा प्रहरीले पक्राउ गरेको छ ।

भगवतीमाई गाउँपालिका– २ स्थित स्थानीय बेस्तडा बजारमा बस्ने १८ बर्षीय मोहन बुढालाई दैलेख प्रहरीले मंगलवार पक्राउ गरेको हो ।
बुढाले १६ वर्षीय बालिकालाई जवरजस्ती करणी गरेको भन्ने सुचनाका आधारमा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय दैलेखका प्रहरी प्रमुख अनुपम श्रेष्ठले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?