पूर्व मिस नेपाल शृंखला हार्वर्ड विश्वविद्यालयमा भर्ना

काठमाडौँ – पूर्व मिस नेपाल शृंखला खतिवडा विश्वकै चर्चित विश्वविद्यालय हार्वर्डमा अध्यायन गर्ने भएकी छन् । अमेरिकाको उक्त विश्वविद्यालयमा उनले अर्बान प्लानिङ अर्थात सहरी विकास योजनामा स्नातकोत्तर गर्न लागेकी हुन् ।

अध्यायनका लागि अगस्ट महिनामा अमेरिका उड्न लागेकी उनले नेपालमा आर्किटेक्चरमा स्नातक गरेकी छन् । हार्वर्डबाट अध्यायनको लागि स्वीकृति पाएसँगै उनले सामाजिक सञ्जाल मार्फत उक्त खुसी साटेकी छन् । उनले खुसी साट्दै आफ्ना लागि यो अहिलेसम्मकै खुसीको कुरा भएको बताएकी छन् ।

खतिवडा सन् २०१८ की मिस नेपाल विजेता हुन् । पछिल्लो समय आर्किटेक्चर पेसा र समाजसेवा एकसाथ अगाडि बढाइरहेकी उनको अध्यायनको बिषयलाई लिएर मिस नेपाल आयोजक संस्था द हिडन ट्रेजरले पनि बधाई तथा सफलताको शुभकामना दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?