भारतबाट फर्किएपछि बाबुरामको २ प्रस्ताव: चुनावी सरकार र शान्ति प्रक्रियालाई टुंगो

काठमाडौं– जनता समाजवादी पार्टी (जसपा)का संघीय परिषद्का अध्यक्ष डा. बाबुराम भट्टराईले राजनीतिक सहमति गरेर चुनावी सरकार बनाउन प्रस्ताव गरेका छन् ।

भारतमा स्वास्थ्य उपचार गरेर मंगलवार स्वदेश फर्किएका भट्टराईले ट्वीटरमार्फत सहमतिमा चुनावी सरकार बनाउने प्रस्ताव गरेका छन् । अहिलेको समस्याको जरो २०६५/०६६ पछि भत्किएको राजनीतिक सहमति भएको भन्दै उनले पुरानै ठाउँमा फर्किएर ‘फर्गिभ एण्ड फर्गेट’ को स्पिरिटमा राजनीतिक सहमति गर्नुपर्ने बताएका हुन् ।

यस्तै उनले शान्ति प्रक्रियाका बाँकी काम पूरा गर्ने, सहमतिमा संविधान संशोधन गर्ने, संवैधानिक अंगहरुलाई निष्पक्ष बनाएर सुशासन दिने, समावेशी समृद्धिको वृहत गुरुयोजना बनाएर कार्यान्वयन गर्ने र छिमेकमा बदलिँदो भूराजनीतिलाई ध्यान दिँदै मुख्यत: भारत, चीन र अमेरिकासँग सम्बन्ध राम्रो बनाउनु पर्ने उल्लेख गरेका छन्।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?