काठमाडौं । पूर्वप्रधानमन्त्री एवं जनता समाजवादी पार्टी (जसपा)का संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराई स्वदेश फर्किएका छन् । स्वास्थ्यमा समस्या देखिएपछि भारत गएका भट्टराई परीक्षणपश्चात नेपाल वायु सेवा निगमको विमानमार्फत आज मंगलवार स्वदेश फर्किएका हुन् ।
न्युरो–इन्डोक्राइनको ट्युमरमा क्यान्सर भएको आशङ्कामा भट्टराई यहि फागुन ९ गते दिल्ली गएका थिए । बायोप्सी परीक्षणपछि चिकित्सकहरुले क्यान्सर नभएको निष्कर्ष निकालेका छन् । तर दुई/तीन महिनामै शल्यक्रिया गरी ट्युमर नफाले क्यान्सरको खतरा रहेको चिकित्सकहरुले बताएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया