पूर्वाञ्चल क्यान्सर अस्पतालमा प्रभु बैंकको काउण्टर सञ्चालन

लोकपथ
0
Shares

झापा । विर्तामोड नगरपालिका ६ स्थित पूर्वाञ्चल क्यान्सर अस्पतालमा प्रभु बैंक ले आज (मंगलवार)देखि आफ्नो एक्स्टेन्सन काउण्टर सञ्चालनमा ल्याएको छ ।

पूर्वाञ्चल क्यान्सर अस्पताल परिसरमा प्रधानमन्त्री केपी शर्मा ओली र प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राई एक समारोहकाबीच प्रभु बैंक पुर्वाञ्चल क्यान्सर अस्पताल एक्स्टेन्सन काउण्टरको समुद्घाटन गरेका छन् ।

नेपाल राष्ट्र बैंक तथा अन्य सम्बन्धित निकायसँग समन्वय गरी विभिन्न सरकारी निकायहरुको बैंकिङ्ग कारोबार प्रभावकारी रुपमा सञ्चालन गरिरहेको प्रभु बैंकले विर्तामोड नगरपालिकाको पुर्वाञ्चल क्यान्सर अस्पतालमा पनि आफ्नो सेवा विस्तार गर्न सफल भएको बैंकले जनाएको छ ।

प्रभु बैंकको एक्स्टेन्सन काउण्टरबाट सम्बन्धित पुर्वाञ्चल क्यान्सर अस्पतालमा आउने सेवाग्राहीहरुलाई रकम जम्मा गर्न र अस्पतालको काम गर्न सहज र सरल हुने बैकको दाबी छ ।

 

प्रभु बैंकको एक्स्टेन्सन काउण्टरबाट प्रवाह गरिने बैंकिङ्ग सेवाबाट स्थानीयबासी तथा सेवाग्राहीहरुले बैंकको गुणस्तरीय बैंकिङ्ग सेवा उपभोग गरी लाभान्वित हुने विश्वास लिएको बैंकले जनाएको छ ।

सो एक्स्टेन्सन काउण्टर सञ्चालन पश्चात् अस्पतालको आर्थिक क्रियाकलाप बैंकिङ्ग प्रणाली मार्फत हुने भई प्रशासनिक सहजता प्राप्त हुने बैंकले जनाएको छ। साथै, समाजसेवी भावनाले सामाजिक क्रियाकलापहरुलाई निरन्तरता दिएको यस बैंकले स्वास्थ्य क्षेत्रसँग सम्बन्धित सेवाग्राहीहरुको सेवामा समेत उल्लेख्य योगदान पुर्‍याउने प्रण लिएको बैकले जानकारी दिएको छ ।

प्रभु बैंकले २१३ वटा शाखा कार्यालय, १८९ वटा एटीएम, ५८ वटा एक्स्टेन्सन काउण्टर तथा २ वटा शाखा रहित बैंकिङ्ग सेवा मार्फत अत्याधुनिक प्रविधियुक्त गुणस्तरीय बैंकिङ्ग सेवा प्रवाह गरिरहेको बैंकले जनाएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?