ब्याडमिन्टन संघको अध्यक्षमा भट्ट

RSS
0
Shares

महेन्द्रनगर । कञ्चनपुर जिल्ला ब्याडमिन्टन संघको अध्यक्षमा मीनराज भट्ट निर्वाचित भएका छन् । आज मंगलवार संघको १३ औँ अधिवेशनबाट महेन्द्रनगरका भट्ट निर्वाचित भएका हुन् । अध्यक्ष पदका लागि भएको निर्वाचनमा प्रतिद्वन्दी रवीन्द्र केसीलाई ३४ मतले पराजित गर्दै उनी निर्वाचित भएका हुन् । कूल खसेको १२४ मतमा भट्टले ७९ र केसीले ४५ मत प्राप्त गरेका निर्वाचन अधिकृत हरकसिंह धामीले जानकारी दिए ।

त्यसैगरी संघको उपाध्यक्षमा दिलबहादुर धामी र राजकिरण जोशी निर्विरोध निर्वाचित भएका छन् भने सचिवमा राकेशबहादुर चन्द, कोषाध्यक्षमा राजेन्द्र थापा र सदस्यमा वासुदेव भट्ट, उत्तमकुमार बोहरा, लोकेन्द्र कार्की र सुरेन्द्रप्रसाद भट्ट निर्विरोध निर्वाचित भएका हुन् । कार्यक्रममा नेपाल ब्याडमिन्टन सङ्घका केन्द्रीय उपाध्यक्ष गोविन्द स्वारले लामो समयदेखि प्रशिक्षक बिहीन रहेको कञ्चनपुरमा स्वयम्सेवक प्रशिक्षक नियुक्त गर्न केन्द्रमा पहल भइरहेको बताए ।

“सुदूरपश्चिम दिपेश धामी, प्रिन्स दाहाल र आयुश नगारी जस्ता चर्चित खेलाडी जन्माउने भूमि पनि हो”, उपाध्यक्ष स्वारले भने,“अब स्कुलस्तरबाट ब्याडमिन्टन खेलाडी छनोट गरेर यसको विकास र विस्तारमा लाग्नुपर्छ ।”

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?