काठमाडौं । बालाजुमा सडक विस्तारको विरोधमा प्रदर्शन गर्दा पक्राउ परेका स्थानीय वासिन्दालाई रिहा गर्न सर्वोच्च अदालतले आदेश दिएको छ । मंगलवार न्यायाधीशहरु दीपककुमार कार्की र प्रकाशमान सिंह राउतको इजलासले उनीहरुलाई गैरकानुनी रुपमा थुनामा राखिएको भन्दै रिहा गर्न आदेश दिएको हो ।
कुनै व्यक्तिलाई थुनामा राख्दा कानुनसम्मत, उचित कारणसहित वस्तुनिष्ठ आधार उल्लेख हुनुपर्ने भन्दै सर्वोच्चले पक्राउ परेकाहरुले के कस्तो आपराधिक कार्य गरे भन्ने नखुलेको बताएको छ ।
गत बुधवार बालाजु बाइपास क्षेत्रमा सरकारले नागरिकको सम्पत्ति हडप्ने गरी सडक विस्तार गरेको विरोधमा प्रदर्शनमा उत्रिएका नागरिक अभियन्ताहरुलाई प्रहरीले पक्राउ गरी राज्यविरुद्धको अपराधमा अनुसन्धानका लागि जिल्ला अदालत काठमाडौंबाट म्याद लिएको थियो ।
स्पष्ट आधार र कारणविना निवेदकहरुलाई पक्राउ गर्ने र अनुसन्धानको क्रममा भनी थुनामा राख्ने कार्य न्यायिक दृष्टिकोणबाट समेत औचित्यपूर्ण नदेखिएको भन्दै उनीहरुलाई रिहा गर्न सर्वोच्चले आदेश दिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया