ज्योति लाइफको आईपीओ तोकिएको मिति अगावै आउने

काठमाडौं । ज्योति लाइफ इन्स्योरेन्स कम्पनीले तोकिएको समय अगावै साधारण शेयर (आईपीओ) निष्कासन गर्ने भएको छ । सीडीएस एण्ड क्लियरिङ हाउसले शेयर निष्काशन मिति दुई दिन अघि सार्न आग्रह गरेपछि कम्पनीले शुक्रवार नै आईपीओ निष्कासन गर्न लागेको हो ।

यसअघि कम्पनीले फागुन २३ गते आइतवारबाट आईपीओ बिक्री खुला गर्ने निर्णय गरेको थियो ।

अब कम्पनीको आइपीओ फागुन २१ गते शुक्रवारदेखि नै निष्काशन हुनेछ । कम्पनीले ६६ करोड रुपैयाँ बराबरको ६६ लाख कित्ता आईपीओ जारी गर्न लागेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?