थप ७८ जना संक्रमित हुँदा ७२ जना संक्रमण मुक्त

लोकपथ
0
Shares

काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर थप ७८ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार चार हजार १२७ जनाको पीसीआर परीक्षण गर्दा मंगलवार ७८ जनामा सङ्क्रमण देखिएको हो ।

योसँगै नेपालमा कोरोना संक्रमण पुष्टि हुनेको सङ्ख्या दुई लाख ७४ हजार २९४ पुगेको छ । पछिल्लो २४ घण्टामा मृत्यु हुनेको संख्या शून्य रहेको मन्त्रालयले जनाएको छ । हालसम्म नेपालमा कोरोनाको कारण २ हजार ७७७ जनाको मृत्यु भइसकेको छ ।

आज थप ७२ संक्रमित निको भएसँगै कोरोना सङ्क्रमणमुक्त हुनेको सङ्ख्या दुई लाख ७० हजार ५४३ पुगेको र अहिले ९७४ जना आइसोलेशनमा रहेका मन्त्रालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?